नुवाकोट जिल्ला

1 May 2024 1 min read No comments Nuwakot
Featured image

नुवाकोट जिल्ला नेपालको मानचित्रमा मध्य क्षेत्रको बागमती प्रदेश अर्न्तगत राजधानी काठमाडौँको उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । नुवाकोट जिल्ला नेपालको ७७ जिल्ला मध्यको एक हो । कुल १,१२१ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यस जिल्लाको सदरमुकाम बिदुर हो। यस जिल्लामा तादी र त्रिशुली नदीको संगम देविघाट र नुवाकोट ७ तले दरवार जस्ता ऐतिहासिक महत्त्वका ठाउँहरूसमावेश छन्। प्रशिद्ध धार्मिक क्षेत्र गोसाईकुण्ड र मनोरम पर्यटकीय हिमाली भेग लाङटाङ क्षेत्र जाने प्रमुख पर्यटकीय मार्ग रहेको नुवाकोट जिल्ला मल्लकालीन समयमा पश्चिम नेपालको मूल ढोका, नेपाल भोट (तिब्बत) वाणिज्य व्यापारको परम्परागत मुलद्वार पनि रहेको थियो ।

बेलकोट, मालाकोट, धुवाकोट, भैरुमकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, धैबुङकोट, प्यासकोट जस्ता नौ वटा कोट वा किल्लाहरुको संगम भूमिको रुपमा परिचित नुवाकोटलाई गोपालवंश देखिनै नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट क्रमशः परिमार्जन हुदै हालको नुवाकोट नामाकरण भएको हो ।

नुवाकोट जिल्लाको जनसंख्या २ लाख ६२ हजार ९८१ रहेको छ। नुवाकोट जिल्लाको सदरमुकाम विदुर हो।

महिलाको संख्या १ लाख ३४ हजार १३२ रहेको छ भने पुरुषको संख्या १ लाख २८ हजार ८४९ पुगेको छ । अघिल्लो जनगणना अनुसार जिल्लाको जनसंख्या १४ हजार ४ सय ९० ले घटेको हो । नुवाकोटको वार्षिक वृद्धिदर सून्य दशमलव ५१ ऋणात्मक रहेको तथ्यांक छ ।

नुवाकोट जिल्लामा कुल ६५ हजार ७३४ घर संख्या पुगेको छ । जसअनुसार बेलकोटगढीमा ९ हजार २४४, विदुरमा १३ हजार ९११, दुप्चेश्वरमा ५ हजार २३, ककनीमा ६ हजार १२, किस्पाङमा ३ हजार ८५३, लिखुमा ४ हजार ३७४, म्यागङमा ३ हजार ५९५ घर संख्या रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै, पञ्चकन्यामा ३ हजार ५३९, शिवपुरीमा ४ हजार ७९५, सुर्यगढीमा ३हजार ७७६, तादीमा ३ हजार ८६७ र तारकेश्वरमा ३ हजार ७३५ घर संख्या रहेको छ ।

प्रारम्भिक तथ्यांकअनुसार नुवाकोट जिल्लामा कुल ६९ हजार १६० परिवार संख्या पुगेको छ । तथ्याङ्क अनुसार परिवारमा औसतमा करिव ४ जना बस्ने गरेका छन् ।

जसमा बेलकोटगढीमा ९ हजार ४६४, विदुरमा १५ हजार ६०४, दुप्चेश्वरमा ५ हजार १९५, ककनीमा ६ हजार ३८८, किस्पाङमा ३ हजार ९६९, लिखुमा ४ हजार ६०४, म्यागङमा ३ हजार ७५५ परिवार संख्या रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ । पञ्चकन्यामा ३ हजार ६२९, शिवपुरीमा ४ हजार ८७७, सुर्यगढीमा ३ हजार ८४२, तादीमा ४ हजार ३१ र तारकेश्वरमा ३ हजार ७९२ परिवार संख्या रहेको छ ।

स्थानीय तहअनुसारको जनसंख्या विवरण

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार नुवाकोट जिल्लाको १२ स्थानीय तह मध्ये विदुर नगरपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको छ । तथ्यांकअनुसार विदुरको २९ हजार ४३ पुरुष र ३१ हजार ६८ महिला गरी ६० हजार १११ जनसंख्या रहेको छ ।

बेलकोटगढी नगरपालिकामा १७ हजार १३९ पुरुष र १८ हजार ६१ महिला गरी ३५ हजार २ सय, दुप्चेश्वर गाउँपालिकामा १० हजार ४७३ पुरुष र १० हजार ५४६ महिला गरी २१ हजार १९, ककनी गाउँपालिकामा ११ हजार ९६९ पुरुष र १२ हजार ३५४ महिला गरी २४ हजार ३२३ जनसंख्या रहेको छ । किस्पाङ गाउँपालिकामा ६ हजार ९२० पुरुष र ७ हजार २०२ महिला गरि १४ हजार १२२, लिखु गाउँपालिकामा ८ हजार ६४६ पुरुष र ९ हजार ९१ महिला गरी १७ हजार ७३७, म्यागङ गाउँपालिकामा ६ हजार ८६ पुरुष र ६ हजार ३३१ महिला गरी १२ हजार ४१७, पञ्चकन्या गाउँपालिकामा ६ हजार ७७१ पुरुष र ७ हजार ९३ महिला गरी १३ हजार ८६४ जनसंख्या रहेको छ ।

यस्तै, शिवपुरी गाउँपालिकामा ८ हजार ११५ पुरुष र ८ हजार ८६४ महिला गरी १६ हजार ९८९, सूर्यगढी गाउँपालिकामा ७ हजार २५६ पुरुष र ७ हजार ६७३ गरी १४ हजार ९२९, तादी गाउँपालिकामा ७ हजार ९११ पुरुष र ८ हजार १४४ महिला गरी १६ हजार ५५ र तारकेश्वर गाउँपालिकामा ६ हजार ६७० पुरुष र ७ हजार ४९४ महिला गरी १४ हजार १६४ जनसंख्या रहेको छ ।

Nuwakot Info
Author: Nuwakot Info

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *