छहरे झरना

29 Sep 2024 1 min read No comments Nuwakot
Featured image

ठूलो छहरे (लौके) झरना शिवपुरी गाउँपालिको वडा नं ८ र ककनी गाउँपालिकाको वडा नं ५ को सिमानामा रहेको छ।

हाइकिङ गरेर स्वास्थ्य र मनोरञ्जन प्राप्त गर्न चाहनेहरूका लागि काठमाडौंबाट नजिक पर्ने लौके (छहरे) झरनाको भ्रमण निकै लाभदायक हुन्छ । काठमाडौं उपत्यकाबाट नजिकमा पर्ने सबैभन्दा ठूलो झरना हो छहरे झरना । छहरे झरनामा सँगसँगै दुईवटा झरना छन् र त्यसको नजिक अर्को एउटा सानो झरना पनि छ । शिवपुरी निकुञ्ज तथा शिवपुरी गाउँपालिकाअन्तर्गत पर्ने यो झरना नुवाकोट जिल्लामा पर्छ ।

झरनाको पानी तल खस्दा उडेका पानीका छिटाले बादलजस्तो बनेर २०–२५ मिटर टाढासम्म पानी परेजस्तै हुन्छ । यति टाढा बसेर फोटो चिच्दा र टिकटक बनाउँदा पनि मानिस निर्थुकै भइसकेका हुन्छन् । यसले दिने आनन्द, मनको प्रफुल्लता बयान गरिनसक्नु हुन्छ । यो ठूलो झरनाबाट बगेको पानी र यसको सँगै रहेको अर्को सानो झरनाले बनाएको दहमा युवायुवती रमाउँदै नुहाउने गर्छन् । दिउँसोतिर काठमाडौंबाट धेरै युवायुवती यहाँ पुग्ने भएकाले निकै भीडभाड हुन्छ । बिहानै जाने हो भने हाइकिङको आनन्द प्रचुर मात्रामा लिन सकिन्छ ।

लौके झरना जानका लागि उपयुक्त मौसम भदौ असोज हो । किनभने यस सिजनमा झरनामा पानीको मात्र धेरै हुन्छ । हाइकिङ तथा दृश्यावलोकनका लागि भने अरू महिनामा पनि जान सकिन्छ । लौके झरना जानका लागि सार्वजनिक बसको सुविधा पनि छ । आफ्ना सवारी साधन लिएर पनि जान सकिन्छ । जंगलको मूल बाटो पूरै ढलान भएकाले सुविधाजनक छ ।

विदुर र काठमाडौंको करिब मध्यदूरीमा पर्ने भएकाले पनि छहरे (लौके) झरना पर्यटकीय प्रचुर सम्भावनाको बोकेको स्थल हुन पुगेको छ।

Nuwakot Info
Author: Nuwakot Info

Leave a Reply

Your email address will not be published. Required fields are marked *