Profile
देवीघाट नेपालको मध्य विकास क्षेत्र नुवाकोट जिल्लाको ऐतिहासिक र धार्मिक स्थल हो। यो काठमाडौंबाट ६० किलोमिटर उत्तरमा अवस्थित छ। यो राजा पृथ्वीनारायण शाहको मृत्युस्थल र अन्त्येष्टि गर्ने ठाउँ हो। यो त्रिशूली नदी र ताडी नदीको संगममा अवस्थित छ ।
तादी र त्रिशूली नदीको दोभानमा अवस्थित देवीघाट पृथ्वीनारायण शाहले आफ्नो अन्तिम दाहसंस्कार गर्नको लागि इच्छा गरेको स्थान हो । यसै कारणले गर्दा पृथ्वीनारायण शाहको दाहसंस्कार यस ठाउँमा भएको थियो । यसैको सम्झनामा यहाँ पृथ्वीनारायण शाहको कलात्मक शालिक निर्माण गरिएको छ ।
यस रमणीय ठाउँमा देवीघाट जालपादेवी मन्दिर पनि अवस्थित छ ।
चैत शुक्ल पूर्णिमाको दिन नुवाकोटको देवी भैरवीको रथयात्रा यस ठाउँमा पुग्ने गर्दछ । उक्त समयमा यहाँ श्रद्धालु भक्तजनहरू रातभर बत्ति बाली जाग्राम बस्ने चलन छ । यो मेला नुवाकोटकै महत्वपूर्ण मेलाहरूमध्ये पर्दछ ।
Map
Sorry, no records were found. Please adjust your search criteria and try again.
Sorry, unable to load the Maps API.

