Profile
Bandēvī Mandira
सदरमुकाम विदुर चोकबाट दुई किलोमिटर नुवाकोट सडक मार्गबाट पुग्न सकिने वनदेवी मन्दिर पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । वनभोज तथा कार्यक्रमस्थलको रुपमा विकास भएको छ ।
परापुर्वकालमा गाईजात्राको लाखे मरेपछि पनि बनदेवी माताले पुर्नजीवित गराएर नचाएको जनश्रुती चल्दै आएको छ । मृत लाखेलाई पुनः जिवित बनाउ सक्ने शक्ति रहेको देवीको रुपमा वनदेवीलाई लिने गरिएको छ । यस्तै, भैरवी मन्दिरसँगै वनदेवीलाई पूजा गरेर भैरवी बन्धनको रुपमा सुरु गर्ने परम्परा रहेको छ ।
करिब एक हजार वर्ष पुरानो मन्दिर सबै समुदायको आस्थाको रुपमा रहेको वनदेवी मन्दिर परापूर्वकालदेखि यस ठाउँमा थान बनाएर वनदेवीको पूजा गर्ने गरेको भए पनि स्थानीय नागरिकहरुको पहलबाट नवनिर्माण भएका संरचनाहरुका कारण यस क्षेत्रलाई महत्वपूर्ण धार्मिक तथा पर्यटकीय सम्पदाका रुपमा विकास गरिएको हो ।
मन्दिर परिसरमा गणेश, सरस्वती, हनुमानलगायतका मन्दिर र पाटीपौवा रहेको छ ।
महाभूकम्प २०७२ मा ज्यान गुमाएको सम्झनामा स्मारक स्तम्भ पनि निर्माण छ ।
धार्मिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको यस क्षेत्रमा भक्तालु तथा पर्यटक आगमन हुनेमा स्थानीय बासिन्दाको अपेक्षा छ ।
चारैतिर हरियाली जङ्गल, एकान्त वातावरण, मनोरम दृश्य रहेको सो क्षेत्र आन्तरिक पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ । त्रिशूली नदीलाई नजिकैबाट नियाल्न सकिने अवस्थित विदुर सामुदायिक वनको दृश्यावलोकन, जङ्गली चराचुरुङ्गी तथा जनावरको अवलोकन गर्दै रमाउँदै आनन्द लिन सकिने छ । व्यस्त जीवन र प्रदुषणबाट टाढै बसेर विश्राम गर्ने थलोको रुपमा पनि विकास भएको छ । प्रभातकालिन हिंडडुल गर्न पनि गन्तव्य भएको छ ।
Google Code: W48W+GXQ
Map
Sorry, no records were found. Please adjust your search criteria and try again.
Sorry, unable to load the Maps API.

















